Comments Add Comment

साबिक विजेता लिभरपुललाई पहिलो खेलमै नमिठो झट्का, नापोलीसँग २-० ले पराजित

 युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तरगत साबिक विजेता इंग्लिस क्लब लिभरपुल पहिलो खेलमै पराजित भएको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा लिभरपुल इटालियन नापोलीसँग २-० गोल अन्तरले पराजित भएको हो । नापोलीलाई जित दिलाउनको लागि ड्राइस मार्टिन्स र फर्नान्डो लोरेन्टे समान एक/एक गाले गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा अन्तिम १० मिनेटमा घरेलु टोलीले नापोलीले २ गोल गर्यो ।

खेलको ८२औं मिनेटमा मार्टिन्सले पेनाल्टीबाट गोल गर्दै १-० को अग्रता बनाए । बक्समा लिभरपुलका डिफेन्डरले नापोलीका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

त्यसको १० मिनेटपछि अर्थात् थप समयको दोस्रो मिनेटमा लोरेन्टेले गोल गरेपछि नापोलीले २-० गोल अन्तरले खेल जित्यो । यो जितसँगै नापाली ३ अंक जोडेर आफ्नो समूहको दोस्रो स्थानमा छ भने समान अंक भएको रेड बुल शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर