हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ ले विजयी सुरुवात गरेको छ । शनिबार देखि हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा आयोजकले नवजनजागृती युवा क्लव सिमरालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । आयोजक मकवानपुर ११ विजयसँगै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मकवानपुर–११ लाई जित दिलाउनको लागि प्रितम स्याङ्बो पहिलो हाफको १२ औँ मिनेटमा र फगुराम थारुले खेलको ३९ औँ मिनेटमा फगुराम थारुले गोल गरे ।
खेलको म्यानअफ द म्याच विजयी मकवानपुर–११ का अलिउ भए । उनले नगद १० हजार प्राप्त गरे । आइतबार सातदोबाटो क्लब ललितपुर र नेपाल एपिएफ क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । मकवानपुर फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।