यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरगढीमा खसी कप भलिबल सुरु


मकवानपुरगढीमा बुधबारबाट गाउँपालिका स्तरिय खसी कप भलिबल सुरु भएको छ । आमभञ्ज्याङ्ग युवा क्लवले आयोजना गरिएको प्रतियोगितामा आठ टिम सहभागी भएको क्लवका अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । नेपालीहरुको दोस्रो महान चाड दिपावलीको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको अधिकारी बताए ।

Advertisement

बुधबार भएको खेलमा दुई टिम सेमिफाईनलमा प्रवेश गरेका छन् भने बाकी खेल बिहिवार बिहान हुने र दिउँसो फाईनल खेल हुने आयोजकले जनाएको छ । प्रथम हुने टिमले १८ केजीको खसी जित्ने छन् भने द्धितिय हुने टिमले दुई वटा भाले जित्ने भएको छ । खेल मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित सिमलटारमा भइरहेको छ ।
