यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सुबिसु एमएएनआरएसमा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी


सुबिसु केबलनेट प्रालि एमएएनआरएस (म्यानुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी)मा हस्ताक्षर गर्नेमा नेपालको पहिलो आईएसपी भएको छ ।

Advertisement
एमएएनआरएस भनेको राउटिङ सेक्युरिटी सम्बन्धी परामर्श दिनको लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल पहल हो । जसले इन्टरनेट राउटिङमा हुने समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गरी राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणकोको साइबर सेक्युरिटी सम्बन्धी निर्देशिकामा पनि एमएएनआरएसलाई हरेक आईएसपी, एनएसपी र टेल्कोसले अनिवार्यरुपमा लागू गर्नुपर्ने प्रावधान छ ।
इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटना भइरहेका हुन्छन् । जसले गर्दा ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आइपर्छ । जस्तै राउट ह्याकिङ, राउट लिक, आईपी एड्रेस स्पुफिङ लगायतका नकारात्मक गतिबिधिहरुले गर्दा डीडीओएस एट्याक, ट्राफिक इन्सपेक्सन, लस अफ रेभिन्यु, रिपुटेसनल ड्यामेज, जस्ता समस्याहरु निम्त्याउँछ ।
एउटा आईएसपीको राउटिङ समस्यमले गर्दा ग्लोबल इन्टरनेटमै ब्यापक समस्या आइपर्ने हुँदा त्यो हुन नदिन एमएएनआरएसको ग्लोबल पहलमा सम्झौता गरिएको कम्पनीले जनाएको छ ।