काठमाडौं – आज भोलि देशका विभिन्न स्थानमा बिहान र बेलुका जाडो हुन थालेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । 

त्यस्तै आज पहाडी भू-भागका केही स्थानमा बदलीको समभावना रहेको छ भने अन्य स्थानमो मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागको मौसम सफा रहनेछ ।  

त्यस्तै आज राति पनि पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । मौसमविद्का अनुसार अबको केही दिन पानी पार्ने कुनै मौसमी प्रणाली नभएको जनाइएको छ ।