महानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका भाइ राकेश हमालको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो । कलेजोको रोगबाट समस्यामा रहेका राकेशलाई केही दिनअघि मात्रै उपचारका लागि दिल्ली लगिएको थियो।

राकेशका श्रीमती र दुई छोरा–छोरी छन्। उनको शव नेपाल ल्याउने विषयमा छलफल भइरहको पारिवारिक स्रोतले जनाएको छ। प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएका उनको त्यहाँस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। अभिनेता हमाल र राकेशको परिवार राजधानीको एकै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमा नै छन्।