अन्तरपाटी महिला संजाल बाँकेद्धारा बैतडिकी भागरथी भट्टको बलात्कार पछि हत्या गरीएको घटनाको विरुद्ध र मृतकको आत्माले शान्ती पाओस भन्ने उदेश्यले दिप प्रज्वलन गरिएको छ । कार्यक्रममा बोल्दै नेपालगन्ज उप– महानगर पालिकाका उप–प्रमुख उमा थापाले कुनै पनि किशोरी बलात्कारको शिकार हुन नपरोस भन्दै किशोरी र महिलाले आफु अन्यायमा परेमा सहेर बस्न नहुने बताएको छन् । अबका दिनमा किशोरीहरु बलात्कारको शिकार हुन नपरोस भन्दै महिला र किशोरीलाइ सुरक्षा देउ, भागरथी भट्टलाइ न्याय देउ भन्ने मूला नाराका साथ दिप प्रज्वलन गरिएको छ ।

दिप प्रज्वलन कार्यक्रममा अधिबक्ता विश्वजित तिवारी, महिला अधिकारकर्मीहरु उषा भण्डारी ,कृष्ण पाठक,दुर्गा बाल्मीकि,दिक्षा कोइराला,चादनी आचार्य,गगां न्यौपाने,मनोजा जयसवाल,निर्मला वि।सी।,विद्यालयका किशोरीहरु लगायत ४दर्जन बढिको सहभागीता रहेको थियो । संजालले नेपालगन्जमा पनि एक किशोरीलाइ बलात्कारको प्रयास गरीएको घटनाको घोर भत्र्सना गर्दै पीडकलाइ कानुन बमोजिमको कारवाहिको माग गरेको छ ।