प्रदेश १ को नाम कोशी पारित

प्रदेश १ को नाम कोशी प्रदेश दुई तिहाई बढी मतले पारित भएको छ। विराटनगरस्थित प्रदेश सभा भवनमा राति करिब साढे नौ बजे प्रदेशको नाम कोशी प्रदेश पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी र राप्रपाले साथ दिएको कोशी प्रदेशका लागि भएको मतदानमा उपस्थित प्रदेशसभासदस्यमध्ये दुईतिहाई बढी मतले नाम पारित भएको हो।

८६ जना मतदाता मध्ये मतदानका क्रममा कोशी प्रदेशको प्रस्तावमा ८२ मत परेको छ । त्यसैगरी, सो नामको विपक्षमा ४ मत परेको छ । कोशी प्रदेश नामको विपक्षमा एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य थिए । यद्धपि, जनता समाजवादीकी नेतृ निर्मला लिम्बू र राप्रपाकी सविना बजगाई बैठकमा ढिलो गरी पुग्दा मर्यादापालकले भित्र प्रवेशमा रोक लगाएका थिए । दुवैजनाले मतदान प्रक्रियामा सहभागिता जनाउन पाएनन् ।९२ जना रहेको प्रदेश सभामा कांग्रेसका २ जना र माओवादीका १ जना प्रदेश सभासदस्य अनुपस्थित रहे ।

बुधबार दिउँसो नेकपा एमालेका प्रदेश सभासदस्य राम मगरले कोशी प्रदेशका लागि प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा भूमी राजवंशी र निरन राई समर्थक रहेका थिए । त्यसैगरी, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम प्रस्ताव गरेका थिए। छलफलका क्रममा सो नाम बहुमतले अस्वीकृत भएको थियो । सो नाममा समाजवादीका राजेन्द्र राई प्रस्तावक थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad