राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २९२१५३, ग्रेडबृद्धि तर्फ ७४४ र आंशिक तर्फ ५७१७० परीक्षार्थी सहभागी थिए ।