Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अब खल्तीबाटै ‘मेगा रेमिट’ सेवा

Company Register

काठमाडौं – खल्ती डिजिटल वालेटबाट पनि अब ‘मेगा रेमिट’ सेवा उपलब्ध हुने भएको छ ।

Advertisement

मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच ‘रेमिट’ भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।

यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।

नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिटेन्स सेवाको दायरालाई अझैँ फराकिलो बनाउदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने मेगा बैंकले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...