Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नबिल बैंकले ल्यायो तिहारमा पनि सामाजिक सन्देशमुलक भिडियो

Company Register

काठमाडौं – नबिल बैंकले तिहारमा पनि सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि तिहार भिडियो सार्वजनिक गरेको हो ।

Advertisement

नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो । जसलाई सबैले धेरै मनपराएको थियो ।

उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा (फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन) कुल १३ लाख दर्शकहरुले हेरेका छन् ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ । जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

हेर्नुहोस् भिडियो

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...