यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

तिहारमा तीन दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने


नेपालीहरुको दास्रो महान चाड तिहारमा तीन दिनसम्म देशभर वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघले सूचनामार्फत् कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तिहार विदामा बैंकका सबै शाखा बन्द हुने जानकारी दिएको हो । बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने हुँदा सोही माध्यमबाट कारोबार गर्न संघले सुझाएको छ । सो अवधिमा एटीएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ । कोरोना भाइरस संक्रणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न पनि संघले भनेको छ । गत वर्ष दसैं तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

Advertisement