शिक्षक सेवा आयोगले दुई हजार पाँच सय ९८ जना शिक्षक माग गरेर आवेदन खुला गरेको छ। आयोगले बुधबार सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जनाका लागि आवेदन खुला गरेको हो। आयोगले सातवटै प्रदेशमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग गरेको हो। आउँदो १७ चैतमा लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्। ६ माघभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ।