संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ। कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो।

आले चढेको सुदूरपश्चिम प्रदेश ०१– ००१ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए। धनगढी विमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो। दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर प्रस्थान गरेका छन्। ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।