विद्युत सर्ट हुँदा त्रिभुवन विमानस्थलमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ । विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा ‘विद्युत सर्ट’ हुँदा आगलागी भएको विमानस्थल स्रोतले जनाएको हो । कफिसपबाट शुरु भएको आगोले भिषण रुप लिएपछि यात्रु कक्षमा रहेका यात्रुहरुबीच कोलाहल मच्चिएको थियो । आगलागीपछि त्यहाँ रहेका सबै यात्रुलाई सुरक्षित स्थानमा सािरएको थियो ।

विमानस्थल प्रमुख देवेन्द्र केसीले आगो नियन्त्रमा लिइसकिएको खबरहबलाई जानकारी दिए । प्रहरी तथा विमानस्थलको बारूण यन्त्रले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad