Comments Add Comment

तिज आजबाट शुरु , आज पहिलो दिन दर खाएर मनाईदै

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज आजबाट शुरु भएको छ । तिजको पहिलो दिन आज दर खाएर मनाइँदैछ । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागी कठोर व्रत गरि आफ्नो कामना पुरा गरेको धार्मीक कथन अनुसार तिज पर्व मनाउने गरिन्छ । तीजको दिन पानी समेत नखाई व्रत बस्ने हुँदा भोक नलागोस् भनेर अघिल्लो दिन दर खाने चलन छ ।

भोली तीजमा व्रत बस्नेहरुले आज बिभिन्न परिकार तथा मिष्ठान्न भोजनहरु तयार गरि दर खाने गर्छन् । टाढा टाढा रहेका चेलीहरु आजको दिनमा माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध, मिठाइ लगायतका मिठा परिकार खाने गर्छन् । पहिले तीजको अघिल्लो रात दर खाने गरिए पनि हिजोआज शहरबजारमा पहिलेदेखि नैं दर खाने चलन बसेको छ ।

हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ । आजबाट सुरु भएको हरितालिका तीज भाद्र शुक्ल पञ्चमीका दिन सकिन्छ । निराहार व्रत बसेका महिलाले ऋषिपञ्चमीका दिनमा सप्तऋषिको पुजा आराधना गरेपछि सकिने चलन छ । उक्त दिनमा महिलाहरुले सबेरै उठी नजिकैको खोला, नदी, तलाउमा गई ३ सय ६५ वटा दतिवनले दाँत माँझी चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्यान्हमा अरुन्धती (वशिष्ठ ऋषिकी पत्नी) सहित सप्तऋषिको पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर