कोरोना भाइरसको संक्रमण फैलिएको चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषय अझै टुंगो लागेको छैन । चीनस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहेका नेपालीको नामावली संकलन गरेको एक साता वितिसक्दा पनि उनीहरुलाई कहिले ल्याउने भन्ने विषय अझै अन्योल छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याइने मिति तय गरिने भनिएको थियो । तर, सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषयमा छलफल भए पनि कहिले ल्याउने भनेर मिति भने तय नभएको स्रोतले बतायो ।

‘चीनम रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा बैठकमा छलफल त भयो तर, उनीहरुलाई कहिले ल्याउने भनेर मिति तय भने हुन सकेन,’ स्रोतका अनुसार सोमबारको बैठकमा मिति तय नभएपछि आज मंगलबार बिहान १० बजे पुनः बैठक बस्ने तय भएको बताए । सम्भवतः आजको बैठकले थप निर्णय गर्छ ।’