Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा एकै दिन सात हजारभन्दा धेरै सङ्क्रमित थपिए

Company Register
काठमाडौं – नेपालमा हालसम्मकै धेरै ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १६ हजार १४७ जनाको पिसिआर र ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ हजार १३७ जनाको पिसिआर पोजेटिभ र ७४ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३५ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन २७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १६ सय १२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...