Menu

गायक महेश काफ्लेको आवाजमा “तातो गोली” सार्बजनिक

गायक महेश काफ्लेको आवाजमा रहेको गीत युट्युबको ट्रेन्डिङमा आएको छ l

गीतले युट्युबको ट्रेन्डिङको चौथो स्थान ओगटेको छ l (माया बिरानी २ ) “तातो गोली” बोलको गीतमा काफ्लेकै शब्द तथा संगीत रहेको छ l  आवाजमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् l हाल सम्म भिडियोलाई छ लाक उनन्तिस हजारले हेरी सकेका छन् भने ३२ हजारले लाइक र नौ सय बाह्रले डिसलाइक गरेका छन् l कमेन्टमा दर्शक सकारत्मक प्रतिकृया दिनुका साथै दर्शकले अत्याधीक रुचाएको देख्न सकिने छ l असीम शाहको निर्देशनमा तयार पारिएको भिडियोमा महेश , निश्चल बस्नेत, स्वस्तिमा खड्का र पुष्कर गुरुङको अभिनय रहेको छ l उदय राज पौडेलको संगीत संयोजन , हरि हुमागाईँको छायाङ्कन , लोकेश बज्राचार्यको सम्पादन भिडियोमा देख्न सकिन्छ lभिडियोलाई जी टु वान डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l गायक महेशले नाच फिरिरि, माया बिरानी र लज्जावती झारको अपार सफलता पछि चौथो गीत “तातो गोली” दर्शक माझ ल्याएका हुन l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad