काठमाडौं – चलचित्र ‘कबड्डी’को चौथो सिरिजको टिजर सार्वजनिक गरिएको छ । सिनेमा आर्टको अफिसियल युट्युबमार्फत सार्वजनिक टिजर अनुसार यो चलचित्र पनि पहिलेकै जस्तै खालको हो कि भन्ने पुर्वानुमान गर्न सकिन्छ ।

चलचित्रमा विषयवस्तु पहिलेजस्तै भए पनि यसमा केही मसला भने थपथाप गरिएको हो कि भन्ने लाग्न सक्छ । बासुरी फिल्म्सले सुस्मा फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धी तामाङ लगायतका कलाकारको अभिनय रहेको चलचित्र आगामी २३ बैशाखमा प्रर्दशन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू