Comments Add Comment

रमितको सिनेमा छायांकनको लागि तयार

अभिनेता रमित ढुंगानाको लागि नायिका फाइनल भएकी छन्। सिनेमा राजा साहेब मार्फत उनी पर्दामा देखिन लागेका रमितको लागि लामो समय देखि नायिकाको खोजी भइरहेको थियो। निकै मंहगो पारिश्रमिक लिएर रमितले यस सिनेमामा काम गर्दैछन्।

सिनेमाको लागि मुख्य भूमिकामा सोनिका केसी र आइशा राई पक्का भएका छन्। यस खबरलाई पुष्टि गर्दै अभिनेता रमितले केही दिन भित्रै सिनेमाको छायांकन सुरु हुने बताएका छन्। नायिकाको लागि नै सिनेमाको काम रोकिएकोमा अब सिनेमा फ्लोरमा जाने भएको छ। काठमाण्डौँमा विशेष कार्यक्रम गरेर सिनेमाको मुहर्त गर्ने निर्माण टिमले जनाएको छ। मोडलिङमा चर्चित सोनिका र आइशा रमितकी नायिका बन्दै डेब्यु गर्ने भएका छन् ।


यस अघि सोनिकाले सिनेमा चौका दाउ मा आईटम गीतमा नृत्य गरेकी हुन्। राजा साहेब बाट कम ब्याक हुन लागेका रमितले आफ्नो क्रेज पनि कम ब्याक गराउन सक्लान त रु समय सँगै थाहा होला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर