Comments Add Comment

पत्रकारलाई माफी मागेसँगै घिमिरे छुटे

समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिन मकवानपुरगढी गाउँपालिका स्ल्याब ढलान समितिका अध्यक्ष रामप्रसाद घिमिरेले प्रहरी हिरासतबाट छुटेका छन् । जिल्ला प्रहरी कार्यालयमा मकवानपुरगढीका स्थानीय, घिमिरेका आफन्त र पत्रकार महासंघ मकवानपुरका प्रतिनिधि, प्रेस युनियनका प्रतिनिधि र पत्रकारको उपस्थितिमा उनले माफी मागेपछि छुटेका हुन् ।

घिमिरेले पत्रकारलाई अपशव्द प्रयोग गरी धम्क्याउनु गलत भएको भन्दैै क्षमा मागेपछि पत्रकार पुडासैनीकै अनुरोधमा उनलाई हिरासत छुटाएका हुन् । आफुले आगामी दिनमा यस्तो गल्ति नगर्ने समेत सबै सामु घिमिरेले प्रतिवद्धता व्यक्त गरेका छन् । पत्रकार पुडासैनीले घिमिरेले आफुलाई ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले उनलाई अनुसन्धानका प्रहरी हिरासतमा राख्न १० दिन म्याद दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर