यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।


बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ।

Advertisement
आलियाले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। उनले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताएकी छिन्। यसअघि अभिनेता आमिर खान र गायक बप्पी लहरीलाई पनि कोरोना पुष्टि भएको थियो।
पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७२ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।