महानायक राजेश हमालको न्रित्य रहेको  “बरको छायाँले” बोलको लोक दोहोरी म्युजिक भिडियो सार्वजनिक भएको छ। इनाक्क्षी इन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको गीतमा आवाज र शब्द सिर्जना गोविन्द पौडेलको रहेको छ । आवाजमा गोविन्दलाई  कमला घिमिरे र करुणा राईले  साथ दिएका छन् ।  दीपक बिस्टको सम्पादन, राम कृष्ण चौलागाईको छायाङ्कनमा तयार पारिएको भिडियोको निर्देशन र कोरियोग्राफी काजिस श्रेष्ठको रहेको छ ।

भिडियोमा राजेशको अलावा सचिन परियार,आयुशा गौतम र करुणा राईको न्रित्य रहेको छ। सार्वजनिक गरिएको भिडियोको गीतमा संगीत गायक पौडेलले दिएका छन् ।