अब खल्तीबाटै लोकसेवाको आवेदन शुल्क भुक्तानी गर्न सकिने

अब खल्ती डिजिटल वालेटबाटै लोकसेवा आयोगको परिक्षाका लागि आवेदन दिन सकिने भएको छ । 

लोक सेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेवसाइटबाटै अनलाईन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्छ ।

पुरानो उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् । त्यसमा  अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad