यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।




Advertisement
अब खल्ती डिजिटल वालेटबाटै लोकसेवा आयोगको परिक्षाका लागि आवेदन दिन सकिने भएको छ ।
लोक सेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेवसाइटबाटै अनलाईन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्छ ।
पुरानो उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् । त्यसमा अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ ।