Comments Add Comment

आज जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा

सरकारले आज जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आज फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि बाग्मती र कर्णाली प्रदेश तथा नेकपा माओवादीले नेतृत्व गरेका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै