Coronavirus COVID-19

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

[Ads]

Advertisement

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ वृद्धि गरेको हो। यसैगरी, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर १ रुपैयाँ ५० पैसाका दरले भाउ बढाइएको छ । केही समयअघि पनि भाउ बढाइएको थियो । स्वचालित प्रणाली अनुसार भाउ वृद्धि गरिएको आयल निगमको भनाई छ ।  इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य विवतरण अनुसार भाउ वृद्धि गरिएको आयल निगमले जानकारी दिएको छ । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भाउ वृद्धिपछि लिटरको भने १०४ रुपैयाँ पुगेको छ। यसैगरी, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर यसअघि ८८ रुपैयाँ ५० पैसा रहेकामा अब ९० रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने भाउ वृद्धि गरेको छैन । 

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...