
काठमाडौं – चर्चित गायिका सुनिता दुलालको नयाँ गीत बेसी मेलैमा सार्वजनिक भएको छ । एकपछि अर्को हिट गीत दिँदै आएकी दुलालको यस नयाँ गीतमा वैदेशिक रोजगारी, त्यसले श्रीमति तथा छोरोछोरीमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्था, महत्वाकांक्षी मानवीय स्वाभाव, भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको विषम परिस्थिती समेटिएको छ ।
नेत्र अर्यालको शब्द, रचना रहेको उक्त गीतमा दुलालसँगै खुमन अधिकारीको स्वर रहेको छ । संगीत पनि खुमनले नै भरेका छन् । समूह गायनमा सुनितामी परियार, पुस्प बोहरा, खेम सेन्चुरी र किरण विकको स्वर छ । शिव विकले निर्देशन गरेको म्युजिक-भिडियोमा नायक दिलिप रायमाझी र नायिका नम्रता सापकोटा फिचर्ड छन् ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




