Coronavirus COVID-19

शान भुसालको नयाँ गीत ‘अलि अलि’ सार्वजनिक (भिडियो)

[Ads]

Advertisement

शान भुसालको नयाँ गीत ‘अलि अलि’ सार्वजनिक भएको छ । शान भुसाल तथा सुनिता कार्कीको स्वर रहेको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा सङ्गीत गायक शान कै रहेको छ । म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ । प्रेम भावले सुसज्जित गीतको भिडियो रोशन लामाले निर्देशन गरेका हुन भने उत्सव दाहालले खिचेका हुन् । यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

भिडियोमा स्वस्तिमा र आकाशको प्रेम देखाएको छ भने उनीहरूको जोडी निकै सुहाएको छ । पर्दामा यी दुईको केमेस्ट्री निकै सुन्दर देखिएको छ । पछिल्लो समय स्वस्तिमा लगातार म्युजिक भिडियोमा देखिइरहेकी छिन् भने अब अभिनेता आकाशले पनि आफ्ना दर्शक र शुभचिन्तकलाई म्युजिक भिडियोबाट मनोरञ्जन दिने भएका छन् । गीत शान भुसालको युट्युब च्यानलमा उपलब्ध छ ।  

भिडियो हेर्नुहोस्

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...