Comments Add Comment

एक्टिभ प्रोडक्शन एन्ड मिडिया प्रालिले ‘हिरो नेपाल’ प्रतियोगीता गर्दै

एक्टिभ प्रोडक्शन एन्ड मिडिया प्रालिले ‘हिरो नेपाल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीमा एक कार्यक्रमका बिच उक्त प्रतियोगिताको घोषणा गरिएको हो । जुनसुकै उमेर समूहका क्षमतावान् र प्रतिभाशाली व्यक्तिहरूले भाग लिन पाउने गरी आयोजना हुन लागेको यस प्रतियोगितामा देश तथा विदेशमा बस्ने नेपालीले प्रतियोगितामा भाग लिन पाउने संस्थाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले बताइन् ।

एकल, जोडी तथा समूह भएर भाग लिन सक्ने पतियोगितामा १२ जना निर्णायक रहनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई १० लाख, दोस्रो हुनेलाई ८ लाख र तेस्रो हुनेलाई ६ लाख पुरस्कार दिइने बताइएको छ । केही दिनमा प्रतियोगिताको अडिसन सुरु हुने पनि कार्यक्रम जानकारी आयोजकले दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर