ऋतिकले १० वर्षको उमेरमा गरेको डान्स सामाजिक सञ्जालमा भाइरल (भिडियो हेर्नुस्)

अनलाइन पत्र संवाददाता२०७६-०८-०७ No Comments

एजेन्सी । निकै उत्कृष्ठ डान्स गर्ने भारतिय अभिनेता ऋतिक रोशनको १० वर्षको उमेरमा गरेको डान्स अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी डान्सकै कारण भारतिय फिल्म क्षेत्रमा आएका थिए । उनको डान्सलाई धेरैले मन पराउँछन् । उनी अहिले ४५ वर्षका भए तर पनि किशोर झै डान्स गर्छन । उनको अभिनय र डान्स दुवै उत्कृष्ठ छ । ऋतिक ४५ वर्षको उमेरमा पनि उत्तिकै उत्कृष्ट अभिनयसँग–सँगै उत्कृष्ट नृत्य प्रस्तुतका कारण अहिले पनि चर्चामा छन् ।

उनले पछिल्लो फिल्म ‘वार’ मा ‘जय जय शिव शंकर’ गीतमा उनले टाइगर श्राँफलाई चुनौती दिएका छन् । जसमा उनले देखाएको डान्सको धेरैले प्रशंसा गरेका छन् । जसवाट उनी अहिले पनि उत्तीकै जोशका साथ नाच्न सक्छन् भन्ने देखाउँछ । यसैबीच उनले १० वर्षको कलिलो उमेरमा नै गरेको एक उत्कृष्ठ नाच अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको सो नाचले धेरैको ध्यान खिचेको छ । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनकी आमा पिंकी रोशनले उनको बच्चाबेलाको उक्त भिडियो सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो ऋतिकको बचपनको हो । उनी भिडियोमा डिजेसँग नाचिरहेकाछन् । उनीसँगै अन्य बच्चाहरु पनि नाचिरहेका छन् । उनले यसरी नाचिरहेका छन् उनी एक परिपक्व डान्सर हुन् । पिंकीको उक्त भिडियोमा डिजाइनर जोडी सन्दिप खोसला र अबू जानीले रेड हार्ट इमोजी रियाक्ट गरेका छन् ।

Ad
Ad