गायक एंव संगीतकार प्रकाश तामाङ (तितुङ)को ‘सप्तरङगी भाईटिका’ म्युजिक भिडियो सार्वजानिक भएको छ । सोमबार जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

विजय तामाङको शब्दलाई गायक एंव संगीतकार प्रकाश तामाङले संगीत भरेको छ । गीतमा बिशाल काल्तान, जीतु लोप्चन, सुमिना लो र प्रकाश तामाङले आवाज दिएका छन् । भिडियोलाई छायांकन सुर्य लामाले गरेका हुन भने सुशिल लामाले कोरियोग्राफी, फराज अर्पणले सम्पादन र निर्देशन गरेका हुन । भिडियोमा अमिर दोङ, निरान्जली लामा,अरुण लोप्चन र सुस्मिता तामाङ,कुइसाङ रुम्बाको अभिनय रहेको छ ।