काठमाडौं –  गायक पूर्ण मान बज्राचार्यको स्वर रहेको नयाँ गीत ‘तिम्रो मायाको मलाई साह्रै खाँचो छ’ सार्वजनिक भएको छ। नृपेश उप्रेतीको शब्द रहेको यो गीत खुशी इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा चर्चित टिकटक जोडी स्मारिका ढकाल र सुरेश कोहलीको आकर्षक अभिनय देख्न सकिन्छ।

धादिङ स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आएका गायक बज्राचार्यले यस गीतमा आफ्नो सुमधुर आवाज दिएका छन्। गीतकार नृपेश उप्रेती ‘आफ्नै जिन्दगी आफैलाई’, ‘ओढेर घुंघट’, ‘तिम्रै माया लाग्छ बरिलै’, ‘पोई पर्‍यो काले’ र ‘तिम्रो साथमा रमाऊँ’ जस्ता लोकप्रिय गीतहरूका लागि परिचित छन्।

‘तिम्रो मायाको मलाई साह्रै खाँचो छ’ मा संगीतकार उप्रेतीकै संगीत रहेको छ भने पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन्। शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन्। भिडियोको कोरियोग्राफी प्रवीण थापाले गरेका छन्।

यस गीतले श्रोता तथा दर्शकहरूको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू