काठमाडौं – निम्न वर्गीय परिवारको संघर्ष, सपना र यथार्थलाई चित्रण गर्ने नयाँ टेलिश्रृंखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक भएको छ। मालिका मिडिया एण्ड रिसर्च प्रा.लि.को निर्माणमा बनेको यो श्रृंखला बैशाख ५ गते शुक्रबार साँझ ६:१५ बजेदेखि मुकेश हमाल अफिसियल युट्युब च्यानलमार्फत नियमित रूपमा प्रसारण हुनेछ।

गाउँबाट सहर पसेका आम नागरिकहरूको कथालाई मुख्य विषय बनाइएको ‘रहरहरु’ ले रोजगारीको खोजीमा सहर आएका मानिसहरूको संघर्ष, काम पाए पनि उचित पारिश्रमिक नपाएको अवस्था र रहरले निम्त्याउने दुःखद यथार्थलाई प्रस्तुत गर्नेछ।

यस श्रृंखलाको लेखन तथा निर्देशन मुकेश हमाल र अमृत काउचाले संयुक्त रूपमा गरेका छन्। मुकेश हमाल यसअघि ‘सकस’, ‘उल्टो सुल्टो’ र ‘मेरी बासै’ जस्ता लोकप्रिय टेलिश्रृंखलामा आफ्नो अभिनय कला देखाइसकेका छन्। उनले वि.सं. २०७४ मा सर्वनाम नाटक घरमा नाट्य अभिनयको प्रशिक्षण लिएका थिए। अर्का निर्देशक अमृत काउचाले वि.सं. २०७३ मा सर्वनाम नाटक घरमा अभिनय सीप हासिल गरेका हुन् र उनी लघु चलचित्र निर्माण तथा अभिनयमा समेत सक्रिय छन्।

करिब ३० मिनेटको प्रत्येक भाग रहने ‘रहरहरु’ मा मुकेश हमाल, भूमिका थारु, अमृत काउचा, विकास घलान, धिरज थापा मगर, सुदिश थापा मगर, नरेन भट्टराई, दीपक फुयाल र दीक्षा ठकुरी जस्ता कलाकारहरूको अभिनय देख्न सकिनेछ।

‘रहरहरु’ टेलिश्रृंखलाले सामाजिक वास्तविकता, गरिबी र श्रमिकहरूको दैनिक जीवनका भोगाइलाई समेटेर दर्शकहरूसँग गहिरो सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू