काठमाडौं – गायिका तथा मोडल जानकी कुँवरको स्वरमा तीज गीत ‘हे बरै’ म्युजिक भिडियो सार्वजनिक भएको छ । हिन्दू नारीकाे महान चाड तीज नजिकिँदै गर्दा म्युजिक भिडियाे ‘हे बरै’ युट्युब च्यानल ‘प्रिन्सेस् फिल्मस्’ मार्फत् सार्वजनिक भएकाे हाे ।गायिका कुँवरकै शब्द रहेको गीतमा एक पीडित चेलीको पीडा समेटिएको गायिका कुँवरले बताउनुभयाे।

कर्ण सन्ज्यालको संगीत रहेको गीतमा माइतीमा बुबा आमा पहिल्यै निधन भइसकेका, दाजुभाइले वास्ता नगरेको तथा घरमा पनि श्रीमानले पीडा दिएको बयान गरिएको छ ।म्युजिक भिडियोमा गायिका कुँवर, भीम खड्का र धनबहादुर तामाङको अभिनय रहेको छ । प्रिन्सेस फिल्मसको व्यानरमा निर्मित म्युजिक भिडियोको निर्देशन समिर थोकरले गरेका हुन् ।

https://www.youtube.com/watch?v=E_7J4gOhklo&feature=emb_title&ab_channel=princessfilms