
हास्य कलाकार जोडी तथा समाजसेवी धुर्मुस सुन्तलीले चलचित्र निर्माण गरेको चलचित्र सेन्टी भाइरसको पहिलो गीत सार्वजनिक भएको छ । फनफनी बोलको गीत बिहीबार ओयसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बिहिवार काठमाण्डौँमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
अन्तराष्ट्रिय गौतमबुद्ध रँगशालाको काम चापचापका कारण गीत सार्वजनिक कार्यक्रममा आफु आउन नपाउने भन्दै (धुर्मुस) सिताराम कट्टेलले निर्माणाधिन रँगशालाबाट नै लाईभ आएर भिडियो म्यासेज दिएका थिए । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रको सार्वजनिक गीतमा मेलिना राई र काली प्रसाद बास्कोटाको स्वर रहेको र गीतमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, अञ्जलि अधिकारी, दयाहाङ राई, बुद्धि तामाङ र विल्सन विक्रम राई फिचर छन् ।

डिपी खनालको शब्द रहेको गीतमा शङ्कर थापाले सङ्गीत भरेका छन् । चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ भने फुर्पा लामा सह–निर्मातामा रहेका छन् ।
गीत हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




