सम्माननीय राष्ट्रपति बिद्यादेबी भण्डारी ज्यूको उपस्थितीमा शितल निवासमा भएको राष्ट्रिय चलचित्र पुरस्कार २०७६ आज सम्पन भएको छ ।
कार्यक्रममा २०७३ मा सिनेमा कालोपोथी उत्कृष्ट भएको छ। कालो पोथीलाई सम्माननीय राष्ट्रपति बिद्यादेबी भण्डारीको हातबाट पुरस्कार प्रदान गरिएको छ।
यस्तै २०७३ कै चलचित्र पुरस्कारमा सेतो सुर्यका निर्देशक दिपक रौनियारलई उत्कृष्ट निर्देशकको पुरस्कार प्रदान गरिएको छ। यस्तै नायिका तर्फ सिर्जना सुब्बा र नायक तर्फ बिपिन कार्की उत्कृष्ट भएका छन। २०७३ को सर्वाधिक चर्चित सिनेमामा छक्का पञ्जाले पुरस्कार प्राप्त गरेको छ।
यस्तै दीर्घ साधना सम्मानबाट बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीलाई प्रदान गरिएको छ। चलचित्र पुरस्कारमा २५ हजार नगद र ट्रफि रहेको छ। यस्तै दीर्घ साधना सम्मानमा ३ लाख ५१ हजार प्रदान गरिएको छ ।
यस्तै जात्राबाट सम्पादनमा मित्रदेब गुरुङ्ग, छायांकनमा लभ साशाबाट शिबराम श्रेष्ठ र लेखनमा अभिनाश बिक्रम शाह सिनेमा कालोपोथीले पुरस्कार प्राप्त गरेका छन।