
वर्षातका कारण भारतमा १५ जनाको मृत्यु भएको छ । तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो विवरण अनुसार १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्किएका छन् । यी घटना यही जुलाई ९ देखि १२ सम्ममा भएका हुन् ।
प्राकृतिक प्रकोपबाट प्रभावित हुने जिल्लाहरुमा उन्नाओ, अम्बेडकर नगर, प्रयागराज, बाराबाँकी, हार्डोइ, खिरी, गोरखपुर, कानपुर नगर, पिलिभित, सोनाभाद्र, चन्डोली, फिरोजवाद, माउ र सुल्तानपुर रहेका छन् । भारतको मौसम विभागले उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, झारखण्ड, मध्य महाराष्ट्र, कोन्कान र गोआ, कोस्टल कर्नाटक, अरुणाञ्चल प्रदेश र नागाल्याण्ड, मणीपुर, मिजोराम र त्रिपुरालगायतका क्षेत्र पनि वर्षा र बाढी पहिरोले बढी प्रभावित भएका छन् ।
Tags
No tags
About the Author
Related Articles
पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो
आजका लागि विदेशी मुद्राको विनिमय दर
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






