
बंगलादेशमा बुलबुल नामक आँधीका कारण जनजीवन प्रभावित बनेको छ । आँधीका कारण चार लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयले कुल १८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिने जनाएको छ । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाएका छन् । पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् ।
Tags
No tags
About the Author
Related Articles
पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो
आजका लागि विदेशी मुद्राको विनिमय दर
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






