जापानले नेपालमा भएका पछिल्ला राजनीतिक गतिविधिहरुप्रति चासो राख्दै आफ्ना नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । नेकपाका दुवै पक्ष ९ओली र दाहाल(नेपाल समूह० को आयोजनामा पछिल्लो समय नेपालका विभिन्न ठाउमा भैरहेका प्रदर्शन र सभा सम्मेलनहरु बारे जापानको विदेश मन्त्रालयले अघिल्लो महिना देखिनै नियमित सूचना जारी गर्दै नागरिकहरुलाई सुरक्षित रहन र कुनै पनि माध्यम बाट राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो । छोटो समयका लागि नेपालमा रहेका वा नेपालमै बसोबास गरिरहेका जापानी नागरिकहरु त्यहाका राजनीतिक गतिविधिमा संलग्न हुनु नियमसंगत नहुने भन्दै मन्त्रालयले यस्तो भएमा प्रहरीले पक्राउ गर्न सक्ने भन्दै आफ्ना नागरिकलाइ सचेत गराएको हो ।