काठमाडौं – सन २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई फासी दिइएको छ । अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहानै फासी दिइएको हो ।

उनीहरुलाई दिल्लीको तिहाड जेलमा फासी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरु चारैजनालाई सन २०१३ मा बलात्कार घटनामा दोषी ठहर गर्दै फासीको सजाय सुनाइएको थियो ।

भारतको राजधानी दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान उच्च सुरक्षा सतर्कताबीच दिइएको फासी पछिल्लो पाँच वर्ष यताकै पहिलो घटना हो । यसअघि सन् २०१५ मा भारतमा फासीको सजाय दिइएको थियो ।