ब्राजिलको जेलमा कैदीहरु बिच झडप , ५२ जनाको मृत्यु

ब्राजिल कैदी समूहबीच झडप हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ। ब्राजिलको पारा राज्यमा रहेको एक जेलमा भएको घटनामा एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो।

सोमबार भएको उक्त झडप करिब पाँच घण्टा सम्मचलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जेलमा रहेका जेलरहरुलाई नियन्त्रणमा लिएर उनीहरुबीच आपसमा आक्रमण भएको थियो। बिबीसीका अनुसार अनुसार सुरुमा १६ जनाको टाउको काटिएको थियो। त्यसपछि जेलमा आगो लगाइएको थियो, आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको थियो। उक्त जेलमा २०० जनाको क्षमता रहे पनि ३०९ जना कैदी राखिएका थिए। ब्राजिल विश्वकै सबैभन्दा बढी जेलमा रहेका कैदीमा तेस्रो राष्ट्र पर्दछ। त्यहाँका जेलमा करिब ७ लाख कैदी छन्। ब्राजिलको जेलमा बेला बेलामा झडप भइरहन्छ।  यसै वर्षको मेमा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए। सन् २०१७ को जनवरीमा १३० जना कैदी मारिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad