मकवानपुरकी तेक्वान्दो खेलाडी निरुले जितिन् स्वर्णपदक

अनलाइन पत्र संवाददाता२०७७ कार्तिक २५ No Comments

काठमाडौमा भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपूमा मकवानपुरकी तेक्वान्दो डोजाङ खेलाडी एवम प्रशिक्षक निरु मगरले स्वर्णपदक जित्न सफल भएकी छन् । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्र सहित तीन सय ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा नेपालका १ सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७९१ खेलाडीले सहभागिता जनाएका थिए । ४० बर्स भन्दा माथी भएको प्रतिस्पर्धामा निरु मगरले नेपालको तर्फबाट स्वर्णपदक जित्न सफल भएकी हुन् ।

Ad
Ad