काठमाडौं। सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। देश, प्रेम र बलिदानको कथा प्रस्तुत गर्ने यो चलचित्रको टिजरले दर्शकहरूमा उत्सुकता जगाएको छ।

टिजरको सुरुवातमा देशको एक हिस्सालाई वैरीहरूले कब्जा गरेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। यसपछि सौगात मल्ल मसाल बोकेर दृढताका साथ उभिएका देखिन्छन्। त्यसलगत्तै हेमन्त बुढाथोकीको दमदार आवाजमा कालीमातालाई रगत चढाएको र त्यो बलिदानको अभिनय पूरा भएको भाव प्रकट हुन्छ। बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन्।

टिजरमा अभिनेत्री ऋचा शर्माको पनि संवाद सुनिन्छ र निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको भूमिकामा देखिएका छन्। समीर भट्टको प्रवेशसँगै टिजरको तानाबाना अझ गहिरो बनेको छ। टिजरमा उनलाई ‘एक्सन किङ’ को रूपमा प्रस्तुत गरिएको छ र उनले केही पावरफुल एक्सन दृश्यहरू पनि दिएका छन्।

आसुसेन फिल्मस प्रा. लि. को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। टिजरमा एक्सन, सस्पेन्स र दमदार संवादले दर्शकहरूलाई चलचित्र हेर्न उत्साहित बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू