काठमाडौं: अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको यो गीतको भिडियो सार्वजनिक गरेको हो।

गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेञ्ज रहेको छ। कमल राईको कोरियोग्राफीमा बनेको भिडियोमा फिल्मका मुख्य कलाकारहरूलाई फिचर गरिएको छ।

कुमार केसी निर्देशित यस फिल्ममा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना सिवाकोटी, लाना डोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवास लगायतका कलाकारहरूको अभिनय रहेको छ। निर्माण पक्षका अनुसार यो गीत र फिल्म दुवै प्रेम, विवाह र सामाजिक सम्बन्धका कथामा आधारित छन्।

दर्पण क्षेत्रीले निर्माण गरेको यस फिल्मका प्रस्तुतकर्ता अभय अधिकारी हुन्। निर्मातामा प्रितम मुखिया र अभय अधिकारी रहेका छन् भने कार्यकारी निर्माताको रूपमा रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) छन्।

‘मेरो जुत्ता खोइ’ को भिडियो र ट्रेलरमा कलर ग्रेडिङ र सम्पादनको काम निशान तामाङ र सन्देश शाहले गरेका छन्। यसको ‘लडाइँ’ निर्देशन सन्तोष खवासले गरेका छन् भने पृष्ठभूमि संगीत अलीश कार्कीले दिएका छन्। फिल्म निकट भविष्यमा देशभर प्रदर्शन हुने तयारीमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू