यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



र्यापर भिटेन अर्थात समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले प्रहरीलाई अन्तरिम आदेश दिएको छ । आफूलाई प्रहरीले पक्राउ गर्न लागेकोले त्यसलाई रोकी पाउँ भन्दै भिटेनले गत आईतबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

Advertisement
भिटेनको निषेधाज्ञा सम्बन्धी रिट निवेदनमा मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोको नाममा अन्तरिम आदेश जारी गरेको हो । युट्युबमा पोस्ट गरेको पारा नामको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । गीत, संगीतको विषयमा भिटेनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको अदालतको ठहर छ । एक वर्षअघि पनि भिटेनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।