पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको ३ नंम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा यो समाचार तयार पार्दासम्म १६ जनाको मृत्यु भएको छ । हेटौँडाबाट बिरगंज जाँदै गरेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भएर दुर्घटना भएको हो । बस सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

हालसम्म मृत्यु हुने ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत हुनेमा हेटौँडा ७ की अन्दाजी ५५ वर्षकी शुभलक्ष्मी श्रेष्ठ तथा अन्दाजी २० वर्षकी स्वस्तिका श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य मृतकहरुमा बारा कलैयाकी बाज्रीना खातुन, पर्सा बिरगंजका सोमप्रसाद चौरासीया, मुन्नदेबी चौरासीया, बारा कलैयाका इन्ताक अन्सारी, बारा अमलेखगंजका सुरेश विक, बतन नखुलेका लालबहादुर बोगटी तथा गोर्खाकी अम्बिका कडेल रहेको प्रहरी जनाएको छ ।

अन्य घाईतेहरुको हेटौंडा र भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।