Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

केकी र रीमाले ल्याउने भए फेरी अर्को कमेडी शो ‘च्याम्पियनको चटके’

Company Register

नेपालको पहिलो कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को पहिलो सिजन यति बेला उत्कर्षमा पुगेको छ । पहिलो कमेडी च्याम्पियन घोषणा हुन केही समय मात्र बाँकी हुँदा यसै शोका निर्माता निर्देशकले अर्को कमेडी रियालिटी शोको निर्माण गर्ने तयारीमा लागेको छ । अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माले निर्माण गर्ने शोलाई पनि विशाल भण्डारीले नै निर्देशन गर्नेछन् ।

Advertisement

‘च्याम्पियनको चटके’ नाम राखिएको सो ग्रुप कमेडी सो भएको निर्माण पक्षले जानकारी दिएको छ । निर्देशक भण्डारीले शोमा सहभागी हुने प्रतियोगीहरूले विभिन्न विषयमा अभिनय देखाउने र यसको प्रस्तुति हास्य प्रदान नै हुने बताएका छन् । उनले थपे, ुकमेडी च्याम्पियनको दोस्रो सिजन अहिले नै सुरु नहुने भएपछि दर्शकलाई मनोरञ्जनका लागि ‘च्याम्पियनको चटके’ तयार गरिएको होु । यसै गरी केकी भन्छिन्, ुप्रतियोगीहरूलाई केही प्लेटफर्म दिनको लागि पनि यो सो सुरु गरिएको होु ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...