Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजबाट सिनेमाहलहरुमा ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शन , कुन फिल्मलाई दर्शकले बढी माया गर्लान् ?

Company Register

आज शुक्रवार देखि देशका विभिन्न हलहरुमा दुई नेपाली चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएको छ । मल्टिप्लेक्सको सबैभन्दा ठुलो चेन क्युजएफ्एक्समा ‘आमा’को तुलनामा ‘सेन्टी भाइरस’ले बढी शोज पाएको छ । धुर्मुस सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ले क्युजएफ्एक्समा ५० शोज पाएको छ । सेन्टी भाइरसले क्युएफ्एक्स विराटनगरमा ५ शोज, बुटवालमा ५ शोज, सिनेप्लेक्समा ५ शोज, सिभिल मलमा ५ शोज, जलमामा ५ शोज, भक्तपुरमा ४ शोज, छाया सेन्टरमा ४ शोज, कुमारीमा ४ शोज, लविममा ४ शोज, वान स्टपमा ४ शोज, बागेश्वरीमा ३ शोज र जय नेपालमा २ गरी ५० शोज पाएको हो ।

Advertisement

यसै गरी सुरक्षा पन्त अभिनीत ‘आमा’ले क्युएफ्एक्स सिभिल मलमा ४ शोज, भक्तपुरमा ३, कुमारीमा ३, लविममा, छाया सेन्टरमा २, नेपालगन्जमा १, विराटनगरमा १, बुटवालमा १, सिनेप्लेक्समा १, जय नेपालमा १, जलमामा १ र वान स्टपमा १ सो गरी २२ शोज पाएको छ । यस्तै सेन्टी भाइरसलाई एफ्क्युबमा ५ शोज दिइएको छ भने आमालाई ४ शोज दिइएको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म सेन्टी भाइरसमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दीपक आचार्य, राजाराम पौडेल लगायत कलाकारको अभिनय रहेको छ । भने दिपेन्द के. खनालले निर्देशन गरेको ुआमाुमा मिथिला शर्मा र नायिका सुरक्षा पन्तले छोरीको भूमिका निभाएकी छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...