Comments Add Comment

आज मिति २०७७ वैशाख ०७ गते आइतवार , तपाईको आजको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख ०७ गते आइतवार ।  इ.सं. 2020 April 19 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख कृष्णपक्ष तिथि द्वादशी , ०१:३७ बजे उप्रान्त त्रयोदशी । नक्षत्र शतभिषा , ०५:५५ बजे उप्रान्त पूर्वभाद्रपदा । योग ब्रह्म , २०:४९ बजे उप्रान्त ऐन्द्र । करण कौलव १२:४३ बजेदेखि तैतिल , २५ :३७ बजे उप्रान्त भद्रा

 । चन्द्रराशि कुम्भ । आनन्दादी योग राक्षस । दिनमान ३२ घडी १३ पला । सूर्योदय ०५: ३७ बजे । सूर्यास्त १८: ३० बजे ।

पञ्चक। सायन सूर्य १४:०७ बजे वृषमा प्रवेश। त्रिपुष्कर योग ५:५५ देखि २५:३७ बजेसम्म।

 तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्यगर्ने योजना हुनेछ ।    

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रामनोरञ्जन कार्य रहला ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर